Slide 1 Title Here
This is slide 1 description - PremiumBloggerTemplates.com
Slide 2 Title Here
This is slide 2 description - PremiumBloggerTemplates.com
Slide 3 Title Here
This is slide 3 description - PremiumBloggerTemplates.com
Slide 4 Title Here
This is slide 4 description - PremiumBloggerTemplates.com
Saturday, April 6, 2013
Tuesday, March 26, 2013
9:35 PM by Ishwar Rauniyar1 comment
My Holi celebration in the past few years have been very exciting. Similar was the case this year. We had loads of fun at home celebrating festival of colors with family members, friends and neighbours. This is also one of the important Nepalis festival that brings people together forgetting all the worries and enmities.
Sunday, March 24, 2013
11:09 PM by Ishwar RauniyarNo comments
६ वर्षदेखि हरेक हप्ता हामी साझा सवाल लिएर तपाइको रेडियो टेलिभिजनमा आइरहेका छौं र यो साझा सवालको २८० औं अंक हो । यसबीच सयौं नेता, विशिष्ट कर्मचारी, विशेषज्ञहरुसँग बहस भयो । ती कार्यक्रमका बारे प्रतिक्रियाहरु आइरहन्छन् ।
Saturday, March 23, 2013
9:12 AM by Ishwar Rauniyar19 comments
सबै तिर चलचित्र कथा बारे राम्रा राम्रा रिभ्यु आए । अनि आज मैले नि चलचित्र "कथा" हेरे । समग्रमा फिल्म राम्रो छ । (With some editing)
*एउटा सिम्पल कथालाई "कथामा" मज्जाले न्याय गरिएको छ ।
*प्रशान्त रसाईलीको पहिलो फिल्म "आचार्य" मा जस्तै यसको सिनेमेटोग्राफी लाजवाफ छ । (dark shots haru bright bhayeko bhaye ajha ramro hunthiyo---added)
*ब्याकग्राउन्ड म्युजिक चलचित्र सँगै मज्जाले बगेको छ ।
*हिमाली परिवेशमा छायाँकन गरिएको यो "कथा" मा फरक सक्षम भएका (differently able) "एक जोडी"को प्रेम कथा लाई गुथिएको छ ।
*यस्ता खालका पात्रहरुलाई लिएर चलचित्र लाई न्याय दिन राम्रै प्रयास गरेका छन् निर्देशक तथा कलाकारहरुले ।
*डाईलग नबोलेको बेला सौगातको अभिनय एकदमै राम्रो लाग्यो ।
मलाई केहि चित्त नबुझेका कुरा
*छोरी गर्भवति भई भन्ने थाहा पाएपछि उनको आमा "गाँउ छाडेर" भाग्यो भन्ने कुरामा मलाई रत्तिभर चित्त बुझेन ।
*जब जब सौगात को डाईलग आउथ्यो तब तब "कन्सिसटेन्सी" आउदैन्थ्यो । लाग्थ्यो सौगातले घरी घरी उ कुन क्यारेक्टर हो भन्ने नै बिर्सन्थ्यो ।
*यसमा प्रेमको गहिराई भन्दा पिडाको गहिराईमा मात्र घुम्यो यो फिल्म ।
*निर्देशकले सौगातको त्यो पात्रलाई कसरी धेरै पिडा दिने भन्नेमा बढी समय खर्च गरे कि ।
*केहि ठाउँमा धेरै असोभनिय पिडा देखाईएकाले होला दर्शक रुनुको सट्टा हाँसीरहेका थिए ।
*केहि ठाउँमा धेरै असोभनिय पिडा देखाईएकाले होला दर्शक रुनुको सट्टा हाँसीरहेका थिए ।
*आत्माको कुरा को त कुनै अर्थनै देख्दिन यो चलचित्रमा । दुईपटक चर्पीमा देखाएर तर्साउनु मात्र थियो भने आत्मा छ गाँउमा भनेर त्यो झाँक्रीलाई ल्याएर कथा कसरी सुरु गर्ने भनेर अन्यौलमा परेका निर्देशकको लागी एउटा सस्तो उपाय मात्र थियो जस्तो लाग्यो ।
*उनिहरुको प्रेम सम्बन्धलाई अलिक फरक शैलीमा प्रस्तुत गरेको भए राम्रो हुन्थ्यो कि ।
But, as a whole it's a must watch movie. But for those who is undergoing through any kind of depression. I won't recommend. But for others "a must watch movie".
Friday, March 22, 2013
9:35 AM by Ishwar Rauniyar10 comments
सुन्दा अचम्म लाग्न सक्छ । मलाई १० वर्ष अगाडी सम्म फोनमा कुरा गर्दा डर लाग्थ्यो । फोन समात्दा हात थरर काप्थ्योँ । बोली त फुट्दै फुट्दैन्थ्यो । एकपटक म र मेरो साथी सुबास काठमाण्डौमा रहनु भएका दाईलाई फोन गर्न रामपुर गएका थियौँ । रामपुर हाम्रो घर लालबजार भन्दा डेढ घण्टा टाढा छ । मेरो गाँउबाट नजिकको फोन गर्ने ठाँउ पुग्न कम्तीमा डेढ घण्टा हिड्नु पर्थ्यो । मेरो गाँउमा बिजुली थिएन र अहिले पनी छैन । यत्ति हो दुई वर्ष अगाडीदेखी बिजुलीका केही खम्बाहरु ठडिएका छन् । कुनै दिन बिजुली पक्कै आउछ भन्ने आशमा छौँ हामी ।
ए साच्चै हामी कहा थियौँ । ए अँ । म र सुबास रामपुर पुग्यौं । रामपुर हाम्रो ठोक्शिला गाबिसको सदरमुकाम हो ।
हामी कटुवाल सन्चार सेवामा पुग्यौं । मैले त्यहाँ रहेका दाईलाई नम्बर दिए । र उनले फोन लगाए । केहिबेरको प्रयास पछि फोन लाग्यो । टेलिफोनवाला दाईले मेरो हातमा रिसिभर दिनुभयो । रिसिभर हातमा पर्ने बित्तिकै मेरो हात काँप्न थाले जस्तो लाग्यो मलाई । मलाई त के गरम के गरम भयो । सकि नसकि कान सम्म पुर्याए । उताबाट दाईले हेल्लो हेल्लो भन्नु भयो । तर म त केही बोल्नै सकिन । अाँग सिरिंग भएर आयो । मैले हतार हतार त्यो फोन सुबासलाई पास गरे र कुरा गर्न भने । त्यो दिन उसैले कुरा गर्यो । मलाई कस्तो नरमाईलो लाग्यो । तर गर्न नि के सक्थे र म । फोन हातमा पर्ने बित्तिकै के भयो भयो ।
त्यतिबेला दाई नि रिसाउनुभएछ । पछि घर आउदा बुवालाई सुनाउदै हुनुहुन्थ्यो "तपाईको कान्छो छोरोले म सँग बोलेन" भनेर ।
तर गएको १० वर्षमा मेरो जिवनमा निक्कै परिवर्तन आएको छ । पुराना कुरा सम्झदा त्यस्तो भयो र भन्ने शंका लाग्छ । आफैलाई पत्यार लाग्दैन ।
हालै गाँउ जादा मैले अमेरिकामा रहनु भएका दाई भाउजु सँग स्काईपमा एक अर्काको अनुहार हेर्दै (भिडियो च्याटमा) कुरा गरे । वुबा आमा पनि साह्रै खुशी हुनु भयो । र साथमा वहाँहरु अचम्मित हुनुभयो सात समुन्द्रपारी रहनु भएका छोरा बुहारी सँग एकअर्कालाई हेर्दै कुरा गर्न पाउदा ।
मेरा लागी पनि त्यो अचम्मको कुरा थियो । तर मैले स्काईपमा कुरा गरेको त्यो पहिलो पटक भने थिएन । अचम्म यो अर्थमा कि म मेरो बिकट गाँउ बाट स्काईपमा कुरा गरिरहेको थिए । जुन म १० वर्ष अगाडी सम्म यस्तो नि होला भनेर कल्पना सम्म गरेको थिईन ।
Subscribe to:
Posts (Atom)










